×

TUNGOON

दुई दिने राजकीय भ्रमणका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेश प्रस्थान


काठमाडौं । चैत ९ गते
दुई दिने राजकीय भ्रमणका लागि आज राष्ट्रपति विद्यादेवी भण्डारी बंगलादेशको ढाका प्रस्थान गर्नु भएको छ । उहाँलाई त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमंत्री ओली, उपराष्ट्रपति नन्दबहादुर पुन, सभामुख अग्निप्रसाद सापकोटालगायतले बिदाइ गर्नु भएको छ । राष्ट्रपति भण्डारी नेपाल एयरलाइन्सको विशेष बिमानबाट बंगलादेश प्रस्थान गर्नु भएको हो ।

उहाँको भ्रमणदलमा परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली, परराष्ट्रसचिव भरतराज पौड्याल,वाणिज्यसचिव दिनेश भट्टराई, पर्यटन सचिव यादब कोइरालासहित २७ जना छन् ।गणतन्त्र स्थापनापछि नेपालबाट पहिलोपटक राष्ट्रपतिको भ्रमण भएको हो ।

राष्ट्रपति भण्डारीले बंगलादेशका समकक्षी मोहम्मद अब्दुल हमिदलगायत उच्च अधिकारीसँग आज भेटवार्ता गर्ने कार्यक्रम छ भने दुई देशका वाणिज्य र पर्यटन सचिवहरुबीच चारवटा समझदारीपत्रमा हस्ताक्षर गर्ने पनि तय भएको छ । समकक्षी हमिदले आजै राजकीय रात्रीभोज आयोजना गर्ने कार्यक्रम छ ।राष्ट्रपति बंगलादेशका राष्ट्रपिता शेख मुजिब्बर रहमानको १०० औं जन्मजयन्ति तथा बंगलादेश स्वतन्त्रताको ५० औं बर्षगाँठका अबसरमा आयोजित विशेष समारोहमा सहभागी हुने कार्यक्रम छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला