×

TUNGOON

मंगलबार बिहान ८ बजेका लागि नेकपा (माओवादी केन्द्र)को स्थायी कमिटी बैठक बस्दै



काठमाडौं । चैत ९ गते
मंगलबार बिहान ८ बजेका लागि नेकपा (माओवादी केन्द्र)ले स्थायी कमिटी बैठक बोलाएको छ । बैठक केन्द्रीय कार्यालय पेरिसडाँडामा बोलाइएको छ भने वर्तमान राजनीतिक परिस्थितिबारे छलफल हुने नेत्री पम्फा भुसालले जानकारी दिनु भएको छ ।

उहाँलेका अनुसार बैठकमा सरकारलाई दिएको समर्थन फिर्ता र नयाँ सरकार निर्माणका लागि गठबन्धन गर्ने विषयमा छलफल हुनेछ । बैठकमा पार्टी सांगठनिक र वर्तमान राजनीति परिस्थितिबारे छलफल हुनेछ ।ओवादीले सरकारलाई दिएको समर्थन फिर्ता नलिएका कारण नयाँ समीकरण बन्न नसकेको कांग्रेस र जनता समाजवादीको बुझाइ छ । तर, माओवादीले भने ओलीको विकल्पमा सरकार बनाउने पहल पूरा नभई समर्थन फिर्ता लिँदा झन् समस्या पर्न सक्ने बताउँदै आएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला