×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत १०

मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज बुद्धि र विवेकको प्रयोग गर्न सके आजको दिनलाई सकारात्मक बनाउने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग मिल्ने तथा स्वादिष्ट भोजन पाईनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज रमणीय र सुखद् यात्राको योग रहेको छ भने नयाँ ज्ञान सिक्ने मौका मिल्ने तथा मनोरञ्जनमा सहभागी भइनुका साथै विपरीत वर्गप्रति आकर्षण पनि बढ्ला ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा दिनको उत्तरार्धमा अधिक धन खर्च हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज प्रेममा बाधाका साथै मन कमजोर रहने योग रहेको छ भने यात्रामा मालसामान हराउने तथा आर्थिक सङ्कटले गर्दा मनमा अशान्ति र छटपटी व्याप्त हुनसक्छ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नयाँ कार्यको योजना बन्ने योग रहेको छ भने धार्मिक यात्राको हुनुका साथै नजिकको व्यक्तिबाट आँटेको काम सफल हुने तथा दैनिक कार्यमा प्रगति पनि हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभचिन्तकहरूले पूर्ण समर्थन प्रदान गर्नुका साथै घरमा अतिथीको आगमन हुने तथा पुरानो समस्या सुल्झाउन सकिने योग रहेको छ भने सन्तान सुख पनि मिल्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज काम गर्ने जोश जाँगर र उमङ्ग बढ्नुका साथै चिताएको कामले तीव्रता लिने योग रहेको छ भने नयाँ कामको थालनी हुने तथा वैदेशिक कार्य पनि अघी बढ्नेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज अनावश्यक ठाउँमा धन खर्च हुने योग रहेको छ भने अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ने तथा वैदेशिक क्षेत्र कमजोर रहनेछ र महत्त्वपूर्ण अवसर गुम्न सक्नेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज साझेदारी र सट्टापट्टामा विशेष लाभ मिल्ने योग रहेको छ भने नयाँ जिम्मेवारी पाइनुका साथै शुभकार्यको चर्चा चल्ने तथा मनमा उत्साहका साथै बोली विक्ने समयछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज कीर्तिमानी काम गर्ने योग रहेको छ भने वाक्चतुर्याईँले सङ्कल्प सिद्ध हुनुका साथै राजनैतिक कार्यमा सफलता मिल्ने तथा बन्धु बान्धवबाट सहयोग मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज टाढाका नातागोता वा परिवारजनसँग भेटघाट हुने योग रहेको छ भने शुभकार्यको चर्चा चल्नुका साथै आँटेको र ताकेको कार्य पुरा हुने तथा प्रेममा मधुरता छाउनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सामान हराउने वा चोरी हुने सम्भावना रहेको छ भने शरीरमा स्फूर्ति र उमङ्गको कमी हुने तथा आत्मबल बढाएर काम गरेमा असफल भइँदैन ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला