×

TUNGOON

कस्तो रहला तपाईको दिन? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत ११ गते
मेष
चे, चो, ला, लि, लु, ले, लो, अ
आज नयाँ व्यक्ति संग भेटघाट हुने योग रहेको छ भने साहित्यिक क्षेत्रमा रूची बढ्ने तथा सामाजिक कार्यमा विशेष अभिरुचि रहनुका साथै कार्य सम्पादनमा सहजता मिल्नेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज मित्रवर्ग र हितैषीबाट राम्रो सहयोग मिल्ने योग रहेको छ भने आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनुका साथै सुखसुविधा भोग गर्न पाइनेछ र मन प्रसन्न रहनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आम्दानी बढाउने काम सुरू गर्न सकिने योग रहेको छ भने पार्टी पिकनिक तथा सेमिनारमा सहभागीता भइनुका साथै नयाँ वस्त्र र अलङ्कार प्राप्ति हुनेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज पारिवारिक सदस्यबाट सहयोग मिल्ने योग रहेको छ भने विपरीत वर्गप्रति आकर्षण बढ्ने तथा साहित्यिक क्षेत्रमा रूची बढ्नेछ रनयाँ ज्ञान सिक्ने मौका मिल्नेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज आर्थिक समस्याले मानसिक तनावको सिर्जना हुनुका साथै प्रेमी र प्रेमिकाका बिच खिन्नता बढ्ने तथा बोलीमा पनि अङ्कुश लगाएकै बेस हुनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज काम देखाएर अरूको मन लोभ्याउन सकिने योग रहेको छ भने बित्तिय संस्थाबाट सहयोग पाईनुका साथै सहयोगी हातहरू पनि अघि बढ्नेछन् ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज प्रसन्नतापूर्वक समय व्यतीत हुने योग रहेको छ भने लामो समयदेखि रोकिएका अधुरा कामहरू पुरा हुने तथा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सुन्दर पहिरनले ब्यक्तित्वमा निखारता ल्याउने योग रहेको छ भने अचल सम्पत्ती हात पर्ने तथा पारिवारिक वातावरण पूर्णरूपेण सन्तोषप्रद रहनेछ ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज गरेको काममा ढिलासुस्ती हुने योग रहेको छ भने बेसुरमा वचन दिने बानीले अप्ठ्यारो पार्न सक्ने तथा विलासिताका सामग्रीमा खर्च पनि बढ्नेछ ।

मकर
मकर ९भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि० आँटेको र ताकेको कार्य पुरा हुनेछ । रमाइलो यात्राको योग रहेको छ । समाजसेवामा मन लाग्नेछ । धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नेछन् ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज लगानीमा रहेको रकम फिर्ता आउनुका साथै प्राविधिक विषयमा रूचि जाग्ने तथा सामाजिक सङ्घसंस्था वा परोपकारका क्षेत्रमा सहयोग गर्नु पर्नेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज काम गर्ने हौसला मिल्ने योग रहेको छ भने वित्तिय संस्थाबाट सहयोग पाईनुका साथै सुखद् यात्राका अवसर पनि प्राप्त हुनेछन् भने अरूलाई प्रभावित पारेर काम बन्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला