×

TUNGOON

प्रधानमन्त्री सत्ता जोगाउन जुनै हदसम्म जान सक्ने नेकपा एमालेका नेता रावलको आरोप


काठमाडौं । चैत ११ गते
मेष
नेकपा एमालेका नेता तथा पूर्व गृहमन्त्री भीम रावलले प्रधानमन्त्री केपी शर्मा ओली सत्ता जोगाउन जुनै हदसम्म जान सक्ने आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धाराणा राख्दै नेता रावलले प्रधानमन्त्री ओली नेपालको अस्मितासँग गाँसिएका विषयमा प्रतिकूल असर पर्नेगरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेको बताउनु भएको हो ।

प्रधानमन्त्री ओली नागरिकता लगायतका नेपालको दीर्घकालीन हितसँग सम्बन्धित विषयमा प्रतिकूल असर पर्ने गरी विभिन्न शक्तिहरूसँग साँठगाँठ गर्न तल्लीन रहेकाले देशभक्त नेपाली सजग रहनु पर्ने नेता रावलको भनाई रहेको छ भने । उहाँले जनता समाजवादी पार्टीसँग सत्ता सहकार्यका लागि प्रधानमन्त्रीले निरन्तर संवाद गरिरहेको अवस्थामा रावलको उक्त प्रतिक्रिया दिनु भएको हो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला