×

TUNGOON

प्रजातान्त्रिक समाजवादका योद्वा तथा नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधन


काठमाडौं । चैत ११ गते
गएराति प्रजातान्त्रिक समाजवादका योद्वा तथा नेपाली कांग्रेसकी नेतृ गिरीराजकुमारी प्रसाईंको निधन भएको छ । उहाँको ९० वर्षको उमेरमा धन भएको हो ।प्रजातान्त्रिक समाजवादका योद्वा लोकतान्त्रिक आन्दोलनका आर्दश नेताका रुपमा परिचित स्व। सिके प्रसाई ९भरतवावु० की श्रीमती

गिरिराजकुमारीको बिर्तामोडस्थित बीएण्डसी अस्पतालमा उपचारका क्रममा निधन भएको हो ।दिवंगत प्रसाईको आजै दिउँसो १ बजे कन्काई माईमा अन्त्येष्टि गरिने पारिवािरक श्रोतले जनाएको । सिके प्रसाईसँगै राजनीतिमा होमिएकी गिरिराजकुमारी २०५१ सालको आम निर्वाचनमा झापा साविक क्षेत्र नं २ बाट संसदीय निर्वाचनमा वर्तमान प्रधानमन्त्री केपी शर्मओली सँग प्रतिष्पर्धा गर्नुभएको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला