काठमाडौं । चैत ११ गते
आज समाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै इतिहासबाट शिक्षा लिनुपर्ने लुम्बिनी प्रदेशका मुख्यमन्त्री तथा नेकपा एमालेका नेता शंकर पोखरेलले बताउनु भएको छ । उहाँले सत्तारुढ एमालेभित्रको विवादलाई संकेत गर्दै पोखरेलले इतिहासबाट शिक्षा नलिनु भुल हुने बताउनु भएको छ । नेता पोखरेलले एमाले अहिले फुटको संघारमा रहेको र केही गरी फुटेको अवस्थामा सयौँको भविष्य खराब हुने बताउनु भएको छ ।

उहाँले अहिले पार्टी फुटे सयौँ युवाहरुको राजनीति सकिने जिकिर गर्नु भएको थियो । नेता पोखरेलले विगतमा एमालेबाट माले बनाउँदा अत्यधिक उन्माद रहेको र त्यस उन्मादले सयौँ नेता कार्यकर्ताको राजनीतिक जीवन समाप्त भएको टिप्पणी गर्नु भएको छ । उहाँले अहिले पनि उस्तै अवस्था देखिएको भन्दै इतिहासलाई मनन गर्दै भुल नगर्न सुझाउनु भएको छ । नेता पोखरेलले पार्टी फुटाउँदा सयौँ नेता कार्यकर्ताको राजनीतिक भविष्य सकिनेप्रति चिन्ता व्यक्त गर्नु भएको छ ।