×

TUNGOON

दालतमा मुद्दा परेका कारण रानीपोखरी पुननिर्माणको लागत करीब ६ करोड बढेको काठमाडौँ महानगरपालिकाका प्रमुख शाक्यको दाबी


काठमाडौं । चैत ११ गते
व्यक्तिगत लाभ र राजनीतिक स्वार्थले अदालत र अख्तियारको दुरूपयोग गर्ने प्रवृत्तिलाई निरुत्साह गर्नुपर्ने काठमाडौँ महानगरपालिकाका प्रमुख विद्या सुन्दर शाक्यले बताउँनु भएको छ ।

उहाँले काठमाडौँ महानगरले अघि सारेका सम्पदा र विकास निर्माणका काममा राजनीतिक वा व्यक्तिगत स्वार्थ राखी अख्तियार र अदालतमा मुद्दा हाल्ने प्रवृत्तिका कारण लामो समय निर्माण कार्य अवरोध हुने गरेको बताउँदै यसले लागतसमेत बढेर राज्यलाई करोडौँ घाटा भइरहेको बताउनु भएको छ ।

उहाँले अख्तियार र अदालतलाई समेत भ्रममा पारी दुरूपयोग गर्न खोज्ने व्यक्तिलाई कारवाही वा क्षतिपूर्तिको व्यवस्था हुनु पर्नेसमेत बताउनु भएको छ ।शाक्यले अदालतमा मुद्दा परेका कारण रानीपोखरी पुननिर्माणको लागत करीब ६ करोड बढेको दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला