×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत १२ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज परिवारजनको साथले नयाँ आशा पलाउने योग रहेको छ भने आकस्मिक धन लाभ हुने तथा आफूले काम देखाएर अरूको मन लोभ्याउन सकिनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज अतिथिका रूपमा सम्मान पाइनुका साथै इच्छा र आकाङ्क्षा पूर्ण हुने योग रहेको छ भने धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्ने तथा स्वादिष्ट भोजन पनि पाईनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज दैनिक कार्यहरूमा प्रगति हुँदै जाने योग रहेको छ भने नयाँ वस्त्र, अलंकारको प्राप्ति हुने तथा जोश जाँगर र हिम्मत बढ्नेछ र मणीय र सुखद् यात्राको योग पनि छ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज नयाँ कार्यको थालनी हुने तथा व्यावसायिक काममा राम्रै फड्को मार्न सकिने योग रहेको छ भने आत्मिक सन्तुष्टि मिल्नुका साथै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज कडा मिहिनेत गर्दा पनि राम्रो परिणाम हात पार्न नसकिनुका साथै खर्च नियन्त्रणभन्दा बाहिर हुनसक्ने योग रहेको छ भने नयाँ ठाउँमा आर्थिक लगानी गर्नु उपलब्धीमूलक हुँदैन ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज शुभ समाचार सुन्न पाइनुका साथै महिला वा मित्रबाट विशेष सहयोग मिल्ने तथा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिने र पारिवारिक सद्भाव बढ्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज लामो समयदेखि रोकिएका अधुरा कार्यहरू पुरा हुने योग रहेको छ भने पारिवारिक सहयोग मिल्ने तथा मनमा शान्ति र अनुहारमा कान्ति छाउनेछ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज धर्म कर्म, परोपकार, समाजसेवा जस्ता कार्यमा मन लाग्ने तथा आफ्नो क्षेत्रमा प्रभूत्त्व जमाउन सकिनुका साथै ठुला व्यक्तिले तपाईँका मेहनतको प्रसंसा गर्नेछन् ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज प्रतिकूल समयले घेरेको छ, संयम रहनु उचित हुने छ भने बोलीको विपरीत अर्थ लाग्न सक्ने तथा सामान हराउने वा चोरी हुने सम्भावना पनि छ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज शुभकार्यको चर्चा चल्ने योग रहेको छ भने मनमा हर्ष,उमङ्ग र उत्साह छाउनेछ र जीवनसाथीको सल्लाहमा गरिएको कार्यमा अधिक सफलता मिल्नेछ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मित्रताको बन्धन कसिनुका साथै दाम्पत्य सुखमा रमाउने योग रहेको छ भने आफन्त संग रमणीय र सुखद् यात्रा हुनुका साथै तिर्थाटनको योग पनि रहेको छ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज मनमा ठूलो उत्साह र उमङ्गको सिर्जना हुने योग रहेको छ भने सञ्चार माध्यमबाट शुभ समाचार प्राप्त हुने तथा शेयरबजारबाट पनि राम्रै लाभ मिल्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला