×

TUNGOON

वास्तु शास्त्रका अनुसार घरको दक्षिण–पूर्व र दक्षिण–पश्चिम बनाउदा ख्याल गर्नुपर्ने कुराहरु


काठमाडौं । चैत १२ गते

हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। वास्तु शास्त्र अनुसार घर बनाउदा घरका हरेक कुराहरुलाई ध्यानमा राखिन्छ।प्रवेशद्वार, भान्सा, पूजास्थल, पाहुना कोठा आदि सबै भागको बिशेष ध्यान राखिन्छ।यस लेखमा वास्तु शास्त्र अनुसार बनेको घरको कुन भाग कस्तो हुनुपर्छ भन्ने कुराको बिस्तृत जानकारी दिईएको छ। वास्तुको अर्थ हुन्छ आवासगृह अर्थात् घर र शास्त्रको अर्थ हुन्छ अनुशासन र निर्देश।यसर्थ, “वास्तु शास्त्र” भन्नाले घर वा कुनै संरचना कसरी निर्माण गर्ने भन्ने कुराको निर्देशलाई बुझिन्छ ।

वास्तु शास्त्रलाई आधुनिक समयको विज्ञान र आर्किटेक्चरको प्राचीन स्वरुप मान्न सकिन्छ। हिन्दु धर्म अनुसार वास्तु शास्त्रको पालन गरी बनाइएको घरमा बस्दा सुख, शान्ति एवं समृद्धि प्राप्त हुन्छ। आाज हामि वास्तु शास्त्रका अनुसार घरको पूजास्थल कुन दिशामा बनाउने भन्नेबारे चर्चा गर्न गैरहेका छौ ।हिन्दु धर्ममा पूजाले ठूलो महत्व बोकेको छ र श्रद्धा भक्‍तिपूर्वक गरिने यस कार्यका लागि घरमै छुट्टै पूजा स्थल बनाउने गरिन्छ। वास्तु शास्त्रका अनुसार घरको दक्षिण–पूर्व र दक्षिण–पश्चिम दिशा बनाउदा ख्याल गर्नुपर्ने कुराहरु यस प्रकार रहेका छन् ।

१. दक्षिण–पूर्व
तर्कसङ्गत र कारणसङ्गत सिद्धान्तलाई मान्ने व्यक्तिहरूको लागि दक्षिण९पुर्व दिशा उत्तम मानिन्छ।
यस दिशाको बारेमा निम्न कुराहरू जान्नु आवश्यक हुन्छ
भाञ्छा कोठालाई यो दिशामा राख्नु सबैभन्दा उत्तम हुन्छ।
विद्युतीय सामग्रीहरू जस्तैस टिभी, मोटर, ब्याट्री, इनभर्टर, आदिलाई घरको दक्षिण९पूर्वी कोठामा राख्नु उत्तम हुन्छ।
चर्पी तथा पानी ट्याङ्की यस दिशामा राख्दै नराख्नुहोला।

२. दक्षिण–पश्चिम
उत्तर९पूर्व दिशा देवगणहरूको दिशा हो भने त्यसको ठीक उल्टो दक्षिण९पश्चिम दिशा राक्षसगणहरूको दिशा हो। त्यसैले व्यापार, व्यवसाय तथा आर्थिक क्षेत्र, जहाँ जटिल निर्णय लिनुपर्ने हुन्छ, त्यस्ता क्षेत्रमा यो दिशाको प्रयोग गर्नुहुँदैन।
यदि तान्त्रिक शास्त्रको पाठ गर्नुहुन्छ भने त्यसको कोठालाई दक्षिण९पश्चिम दिशामा राख्नु उत्तम हुन्छ।
भगवानको पूजाकक्ष यस दिशामा नराख्नुहोला।
सुत्दा टाउको पनि यो दिशामा नफर्काउनुहोला।
घरको दक्षिण९पश्चिम दिशाको कोठालाई भाडामा दिनु उत्तम हुन्छ।
वास्तुशास्त्रमा जान्नुपर्ने सबैभन्दा मूख्य तथा आधारभूत कुराहरू यहि नै हुन्। यी सामान्य तर महत्वपूर्ण कुराहरूलाई ध्यानमा राखेर दैनिक काम गर्दा पक्कै पनि तपाईँको जीवनमा सकारात्मक ऊर्जाले पछ्याउनेछ। किनभने वास्तुशास्त्र अन्धविश्वास होइन, यो पनि विज्ञानकै एक अंश हो, जसले प्राकृतिक र भौतिक ऊर्जाको सम्बन्धलाई बुझाउँदछ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला