×

TUNGOON

राहदानी विभागले आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने


काठमाडौं । चैत १२ गते
राहदानी विभागले आउने सेप्टेम्बरदेखि सरकारले इ–पासपोर्ट दिने भएको छ। इ–पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एमआरपी) नबनाउन र नवीकरण नगर्न राहदानी विभागले आग्रह गरेको छ ।इ –पासपोर्टको डिजाइनको काम पनि सकिइसकेको विभागका प्रवक्ता राजेन्द्र पाण्डेले जानकारी दिनु भएको छ ।

राहदानीको म्याद सकिएपछि सवारी लाइसेन्सजस्तो नवीकरण नगरे जरिवाना लाग्ने हो कि भनेर धेरैले फेरि बनाएको देखिने उहाँको भनाई छ । उहाँले अनुसार इ(पासपोर्ट छाप्ने ठेक्का फ्रान्सको आइडेमिया कम्पनीले पाएको र उसले त्रिपुरेश्वरमा मेसिन राखेर पासपोर्ट छाप्ने जानकारी दिनु भएको छ । कम्पनीसँग २० लाख प्रति पासपोर्ट छाप्ने सम्झौता भएको प्रवक्ता पाण्डेले ब्त्ँएन्ु भ्उक्ँे छ । नयाँ पासपोर्टमा फिंगर प्रिन्ट, फेसियल रिकग्निसनसहितको चिप्स हुने भएकाले नेपाली पासपोर्ट प्रयोगकर्ताले विदेशमा झन्झट झेल्नु नपर्ने उह्ाँले बताहाँले बताउनु भएको छ । हाल संसारका १२० मुलुकले इ–पासपोर्ट जारी गरिसकेका छन्।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला