×

TUNGOON

आज देशभर १ सय २० जनामा कोरोना संक्रमणको पुष्टि


काठमाडौं । चैत १२ गते
आज देशभर १ सय २० जनामा कोरोना संक्रमण देखिएको छ। योसंगै नेपालमा कुल कोरोना संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुगेको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ । विभिन्न प्रयोगशालामा २८९१ जनाको पीसीआर विधिबाट परीक्षण गर्दा १ सय २० जनामा संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयका अनुसार बितेको २४ घण्टामा ८५ जना निको समेत भएका छन् । यससँगै देशभर निको हुनेको कुल संख्या २ लाख ७२ हजार २७२ जना रहेको छ। यस्तै हालसम्म ३ हजार २० जनाको मृत्यु हुँदा सक्रिय संक्रमित १२१७ जना रहेको मन्त्रालयले जनाएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पछिल्लो २४ घण्टामा २ हजार ८ सय ९१ जनाको पिसिआर परीक्षण ग रिएको थियो। मन्त्रालयका प्रवक्ता डा. जागेश्वर गौतमका अनुसार भारतमा कोरोना संक्रमितको संख्या बढे पनि नेपालमा भने संक्रमण ह्वात्तै बढेको नदेखिँए पनि संक्रमण बढ्ने सम्भावना देखिएको हुँदा सबैले आवश्यक सतर्कता अपनाउन आग्रह गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला