×

TUNGOON

दिनभरका समाचार


काठमाडौं । चैत १२ गते
आज देशभर थप १२० जनामा कोारोना संक्रमणको पुष्टि, कुल संक्रमितको संख्या २ लाख ७६ हजार ५०९ पुग्यो, आज थप ८५ जना कोरोना संक्रमण मुक्त भएको स्वास्थ्य मन्त्रालयद्वारा जानकारी ।।

कृषि तथा पशुपन्छी विकास मन्त्रालयले आज गरेको कार्यक्रममा बोल्दै स्वदेशी बिजुलीबाटै रासायनिक मल कारखाना खोल्ने प्रधानमन्त्री ओलीको भनाई,रासायनिक मल कारखाना खोल्न आवश्यक पर्ने बिजुली दिन कुनै एक परियोजना नै उपलब्ध गराउन सरकार तयार रहेको जिकिर,चैत १५ गते मेलम्चीबाट ल्याइएको खानेपानीको राष्ट्रपतिले विधिवत उद्घाटन जानकारी ।।

प्रधानमन्त्रीले बोलाउएको संसदीय दलको बैठक सम्पन्न, प्रतिनिधिसभा बैठक चलिरहेका बेला पार्टीका सांसदहरूको भूमिकाका बारेमा छलफल ।।

नेपाली कांग्रेसका सांसद तथा पूर्व मन्त्री मो.अफताब आलमलाई राजनीतिक प्रतिशोधका कारण सरकारले गरेको कार्वाही प्रति नेपाली कांग्रेसका महामन्त्री डा. शशांक कोइरालाद्वारा रोष व्यक्त, १०,११ बर्ष अगाडिको मुद्धालाई सुनियोजित तरिकाले उचालेर कसैको राजनैतिक करियर समाप्त पार्ने दुस्साहसमा वर्तमान ओली सरकार लागेको आरोप ।।

कांग्रेसले प्रमुख प्रतिपक्षी दलका रुपमा खेल्नु पर्ने भूमिका नखेलेको जनता समाजवादी पार्टीका संघीय परिषद् अध्यक्ष डा. बाबुराम भट्टराईको आरोप, असंवैधानिक ढंगले संसद् विघटनमा असफल भएपछि पुन नयाँ प्रपञ्च ओलीले गरिरहेको जिकिर ।।

कोभिड संक्रमण रोकथामका लागि लकडाउन नहुने अर्थमन्त्री विष्णुप्रसाद पौडेलको कथन,कोभिड–१९ को दोस्रो लहरबाट जोगिनुपर्ने अबस्था सँगसँगै आर्थिक सामाजिक क्रियाकलापलाई नियमित गर्नुपर्ने भएकाले स्वास्थ्य मापदण्डलाई कडाईका साथ पालना गराउने तर लकडाउन र सीमानाका बन्द नगरिने तर्क ।।

निर्माणाधीन गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल आयोजनामा रोकिएका उपकरण जडानको काम सुरु,आयोजनास्थलमा तीन सातायता विदेशी प्राविधिक टोली आउन थालेपछि उपकरण जडानले तीव्रता पाएको आयोजना प्रमुख प्रवेश अधिकारीद्वारा जानकारी ।।

सुरक्षाका मापदण्ड अपनाएर मात्रै विद्यालय सञ्चालन गर्न शिक्षा मन्त्रालयको निर्देशन,सबै शिक्षण संस्थाले अनिवार्य रूपमा स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले तय गरेका जनस्वास्थ्य मापदण्डका साथै प्रदेश सरकार र पालिकाबाट तय गरिएका थप मापदण्डको पूर्णरूपमा पालना गर्न आग्रह ।।

रेशम चौधरीको रिहाईको माग गर्दै गृहमन्त्री थापा धर्नामा, रेशम चौधरीको रिहाईको माग गर्दै गृहमन्त्री थापा धर्नामा, थापाले रेशमको रिहाइबारे छलफल गर्न वार्ता टोली बनाएर आउन आग्रह ।।।।

भागरथीको भजाइनल स्वाबको डिएनए अभियुक्तसँग म्याच भएको प्रहरीद्वारा जानकारी, बीचमा अभियुक्तका आफन्तले घटनालाई अन्तै मोड्न बयान फेरे पनि यो प्रमाणले दोषी देखाएको जिकिर ।।

जनता समाजवादी पार्टीका निलम्बित सांसद रेशम चौधरीले जेलबाटै निकाले विज्ञप्ति, आफ्नो नाम जोडेर भ्रामक तथा कपोकल्पित अभिव्यक्ति सार्वजनिक गरेको भन्दै ध्यानार्षण, आफु जेलमा भए पनि जेलमा रहेको व्यक्तिको बारेमा बाहिर जथाभाबी भ्रामक र कपोल्पित कुराहरु ल्याउनु गलत भएको टिप्पणी ।।

प्रतिनिधिसभा अन्तर्गतको कृषि, सहकारी तथा प्राकृतिक स्रोत समितिद्वनरन निर्माणाधीन अपर तामाकोशी हाइड्रोपावर आयोजनाको स्थलगत अध्ययन भ्रमण गने निणर्य, भ्रमण गर्नका लागि समिति सभापति पूर्णकुमारी सुवेदीको नेतृत्वमा ११ सदस्यीय टोली गठन ।।

एमालेको माधव नेपाल समूहले आफूनिकट सदस्यहरूको केन्द्रीय कमिटी बैठक बोलायो,शुक्रबार बिहान ११ बजे बस्ने बैठकले पार्टीको वैधानिक बैठक बोलाउन अध्यक्ष ओलीलाई आग्रह ।।

बागमती प्रदेशसभाको सातौं अधिवेशन बैठक चाँडै आह्वान गरिने बागमती प्रदेशसभाका सभामुख सानु कुमार श्रेष्ठको भनाई,प्रदेशसभा बैठकको मिति हालसम्म तय नभएको र प्रदेशसभामा प्रतिनिधित्व गर्ने दलहरूसँगको छलफल पश्चात मिति तय गरिने जमनकारी ।।

केन्द्रीय बैंकले डिजिटल बैंकिङलाई जोड दिएको र भविष्यमा यसलाई डिजिटल मुद्रामा परिवर्तन गर्ने योजना रहेको नेपाल राष्ट्र बैंकको गभर्नर महाप्रसाद अधिकारीको भनाई,जनताको पुँजीको जिम्मेवारी राष्ट्र बैंकले लिएकोले यसलाई जनताको हितमा अधिकतम उपयोग गर्ने कर्तव्य भएको जिकिर ।।

सेप्टेम्बरदेखि नेपालीका हातमा इ–पासपोर्ट दिने राहदानी विभागद्वारा जानकारी,पासपोर्ट छाप्ने तयारी पूरा भइसकेकाले अब अत्यावश्यक नभइकन मेसिन रिडएबल पासपोर्ट (एम–आरपी) नबनाउन र नवीकरण नगर्न आग्रह ।।

कोभिड–१९ अर्थात् कोरोना भाइरस सङ्क्रमणको तेस्रो लहरको जोखिम बढेकाले जिल्ला प्रशासन कार्यालय भक्तपुरद्वारा कुनै पनि किसिमको मेला, जात्रा, सांस्कृतिक कार्य सञ्चालन गर्न रोक,बिस्केट जात्रामा विकल्प खोजिने ।।

चितवन मेडिकल कलेजमा पहिलोपटक कलेजोको सफल प्रत्यारोपण, ५४ वर्षीय आमालाई छोरीले दिइन् कलेजो ।।

सर्लाहीमा टाउको काटिएको अवस्थामा युवकको शव फेला पर्यो,घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीद्वारा जानकारी ।।

झापामा मोटरसाइकल दुर्घटना हुँदा एकको मृत्यु, ४६ वर्षीय किशोर कार्कीको मृत्यु भएको प्रहरीद्वारा जानकारी ।।

गुल्मीको मुसिकोट नगरपालिका वडा नम्वर ५ स्थित आँपचौर गाविसको खर्बाङ गाउँमा गएराति भिषण आगलागी, ७ वटा घर जलेर नष्ट ।।

आज नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक २१.२९ अंकले घट्यो,६ अर्ब ५० करोडको कारोबार ।।

भारतले अबको केही महिना कोरोनाभाइरसविरूद्धको भ्याक्सिन निर्यातमा रोक लगाउने,पछिल्लो समय संक्रमणको दोस्रो लहर तीव्र रूपमा फैलिरहेको र खोप लगाउने समूह बढेकाले अबका केही महिना भारतले अरू देशलाई भ्याक्सिन नदिने उल्लेख ।।

अझै निकाल्न सकिएन स्वेज नहरमा फसेको मालवाहक पानीजहाज, आवतजावत ठप्प ।।

नेपाली राष्ट्रिय टिमका लेग स्पिनर सन्दीप लामिछाने इंग्ल्यान्डको घरेलु टी(ट्वान्टी क्रिकेट प्रतियोगिता भिटालिटी टी(ट्वान्टी ब्लास्ट खेल्दै,
वोर्सेस्टरशायरले २०२१ को सिजनका लागि अनुबन्धित गर्यो ।।

फिफा विश्वकप छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा क्रोएसियामाथि स्लोभानियाको जित, बुधबार राति भएको खेलमा क्रोएसिया१(० गोल अन्तरले पराजित ।।

फिफा विश्वकप फुटबल छनौट अन्तर्गत युरोपियन छनौटको पहिलो खेलमा पोर्चुगलको सहज जित ,बुधबार राति भएको पहिलो खेलमा अजरबैजान १(० गोल अन्तरले पराजित ।।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला