काठमाडौं । चैत १३ गते
आज प्रधानमन्त्री ओलीले संसदीय दलको बैठक बोलाउनु भएको छ । ओलीले दिउँसो ३ बजे प्रधानमन्त्री निवास बालुवाटारमा संसदीय दलको बैठक बोलाउनु भएको छ । एमालेले संसदीय दलको बैठक बोलाएकै दिन माधव–झलनाथ पक्षले बिहान ११ बजे कलंकीमा केन्द्रीय कमिटी बैठक बोलाइएको छ ।

सत्तारुढ नेकपा एमालेमा देखिएको विभाजन झनै सतहमा देखिन थालेको छ।ओलीले पार्टी समानान्तर गतिविधि नगर्न चेतावनी दिँदै वरिष्ठ नेता माधवकुमार नेपालसहित चारजनालाई स्पष्टीकरण सोधेका थिए। ती चारै नेताले ओलीलाई स्पष्टीकरण लेख्दै उल्टै संगीन आरोप पेस गरेका छन्। स्पष्टीकरणको जवाफमा ओलीलाई सबै नेताले छुट्टाछुट्टै प्रश्नैप्रश्न तेर्स्याएका छन्। चारै नेताको स्पष्टीकरण पत्रबारे अहिलेसम्म ओलीको प्रतिक्रिया आइसकेको छैन।