×

TUNGOON

रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निशर्त हुनुपर्ने पूर्वप्रधानमन्त्री डा. भट्टराईको भनाई



काठमाडौं । चैत १३ गते
रेशम चौधरीलगायतको रिहाइ निशर्त हुनुपर्ने जनता समाजवादीका नेता तथा पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईले बताउनु भएको छ । आज सामाजिक सञ्जालमार्फत आफ्नो धारणा राख्दै उहाँले रेशम चौधरीलगायत सबै राजनीतिक बन्दीहरूको रिहाइ तुरून्त र निशर्त हुनुपर्ने माग गर्नु भएको छ ।

;

यो जसपाको सर्वसम्मत र निरन्तरको अडान भएको पूर्वप्रधानमन्त्री डा. भट्टराईले उल्लेख गर्नु भएको छ । पूर्वप्रधानमन्त्री डा. भट्टराईले उनीहरूको रिहाइ क्षणिक सत्ता स्वार्थका निम्ति मोलतोलको साधन बन्‍न नहुने जिकिर गर्नु भएको छ । थारू लगायत उत्पीडित राष्ट्रियताहरूको पहिचान र अधिकारसहितको राज्यपुनर्संरचना हुने गरी संविधान संशोधन गर्नु पर्ने उहाँको भनाई रहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला