×

TUNGOON

राष्ट्रिय मुद्दामा कमजोर बनेको सरकारले अस्थिरता निम्त्याउने काम गरेको जनता समाजवादीका अध्यक्ष यादवको आरोप


काठमाडौं । चैत १३ गते
बुटवलमा प्रेस मञ्च नेपालले आयोजना गरेको पत्रकार भेटघाटमा बोल्दै केपी ओलीलाई प्रधानमन्त्रीबाट नहटाएसम्म मुलुकले निकास नपाउने जनता समाजवादीका अध्यक्ष उपेन्द्र यादवको भनाई रहेको छ । उहाँले पुस ५ को निर्णयका विरूद्धका उत्रिएका शक्तिहरू एक भएर सरकार हटाउन लाग्नुपर्ने बताउनु भएको छ ।

अध्यक्ष यादवले ओली सरकारमा रहदासम्म प्रतिगमनको खतरा रहेको भन्दै संविधान बचाउन र अग्रगमनका लागि ओली सरकार हटाउनुको विकल्प नरहेको धारणा राख्दै लोकतन्त्र र संविधान जोगाउनका लागि ओली सरकार हटाउनु नै अहिलेको निकास रहेको जिकिर गर्नु भएको छ । अध्यक्ष यादवले राजनीतिक दलहरू अझै निर्णय लिन नसकिरहेको आरोप लगाउनु भएको छ । कांग्रेससहितका शक्तिले छिटो निर्णय गर्नुपर्ने भन्दै शेरबहादुर देउवातर्फ सबैको ध्यान गएको यादवको भनाइ छ। उहाँले आफ्नो पार्टीले कुनै पनि हालतमा केपी ओली प्रवृत्तिको समर्थन गर्दै सरकारको समर्थन गर्न नसक्ने उल्लेख गर्नु भएको छ ।

उहाँले रेशम चौधरीलाई जेलबाट छुटाउने वहानामा सत्ता साझेदार हुन नसक्ने दाबी समेत गर्नु भएको छ । यादवले ओेली सरकारबाट अहिले संसदमाथि प्रहार भएको बताउँदै संसदलाई असफल बनाउने रणनीतिमा सरकार लागेको बताउनु भएको छ । उहाँले राष्ट्रिय मुद्दामा कमजोर बनेको सरकारले अस्थिरता निम्त्याउने काम गरेको आरोप समेत लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला