×

TUNGOON

प्रधानमन्त्रीले आर्थिक अनियमितता गरेको एमालेका उपाध्यक्ष रावलको आरोप, मागे १८ करोडको हिसाब


काठमाडौं । चैत १३ गते
प्रधानमन्त्री केपी शर्मा ओलीले आर्थिक अनियमितता गरेको नेपाल कम्युनिष्ट पार्टी (एमाले) का उपाध्यक्ष भीम रावलले आरोप लगाउनु भएको छ । उपाध्यक्ष रावलले आफूमाथि सुदूरपश्चिम प्रदेश कार्यालयमा रहेको ३० लाखभन्दा बढी पार्टीको रकम हिनामिना गरेको आरोपको खण्डन गर्दै अध्यक्ष एवं प्रधानमन्त्री ओलीमाथि त्यस्तो आरोप लगाउनु भएको हो ।

उपाध्यक्ष रावलले ओलीलाई १४ बुँदे स्पष्टीकरण मार्फत् नेकपा एमाले र नेकपा माओवादी केन्द्रको एकतापछि पार्टी कार्यालयमा सञ्चित १८ करोडभन्दा बढी रकम हिनामिन गरेको आरोप लगाउनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला