×

TUNGOON

एमाले विभाजन भएपछि हुने नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने भन्दै एमालेका नेता योगेश भट्टराईद्वारा चिन्ता व्यक्त


काठमाडौं । चैत १३ गते
पार्टी एकता कायम राख्न सबैले हरसम्भव कोशिस गर्नु पर्ने नेकपा एमालेका नेता योगेश भट्टराईको भनाई रहेको छ । आज समाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै नेता भट्टराईले नेकपा एमालेको पार्टी एकता जोगाउन सम्भव भएसम्म कोशिस गर्नु पर्ने बताउनु भएको हो ।

उहाँले पार्टी एकता अझै पनि सम्भव रहेको उल्लेख गर्दै र्टीभित्र थोरै पनि लचकताबाट एकता जोगिन सक्ने बताउनु भएको छ । नेता भट्टराईले एमाले विभाजन भएपछि हुने नोक्सानीले मुलुकलाई दशकौँपछि धकेल्ने भन्दै चिन्ता व्यक्त गर्नु भएको छ । उहाँले अतिवाद र अस्थिरताले के सम्म गर्छ भन्ने कुरा निकट विगतलाई सम्झे मात्रै पुग्ने जिकिर गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला