×

TUNGOON

भक्तपुरको सूर्यविनायक सृजनानगरमा खाना पकाउने ग्यास पड्किँदा एकको मृत्यु, ५ घाईते


काठमाडौं । चैत १३ गते
भक्तपुरको सूर्यविनायक नगरपालिका ५ सृजनानगरस्थित भीमेश्वर मःमः एण्ड चिकेन हाउसका सञ्चालक टिकाराम बस्नेतको आज बिहान खाना खाना पकाउने ग्यासको सिलिण्डर पड्किँएज्यान गएको प्रहरीले जनाएको छ ।

दोलखा सैलुङ गाउँपालिका ६ का ३९ वर्षीय बस्नेत परिवार भक्तपुरमा होटल सञ्चालन गर्दै आएका थिए।शिवलाल कस्पालको ४ तले पक्की घरको पहिलो तलामा सञ्चालित होटलमा गत चैत ८ गते साँझ खाजा बनाउने क्रममा सिलिण्डर बिस्फोट भएको हो। खाजा खान आएका ५ जना ग्राहक पनि घाइते भएका छन्। घाइते मध्य दुई जनाको अवस्था गम्भीर छ।उनीहरुलाई तत्काल डा.इवामुरा अस्पता सल्लाघारी र मध्यपुर अस्पताल ठिमीमा लगिएको छ। बस्नेतको भने किर्तीपुर बर्न सेन्टरमा उपचारकै क्रममा शुक्रबार ज्यान गएको हो।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला