×

TUNGOON

ट्राफिक नियम उल्लंघन गर्ने ३ सय १२ वटा दुईपाङ्ग्रे सवारी होल्ड गरिएको ट्राफिक महाशाखा काठमाडौंद्वारा जानकारी


काठमाडौं । चैत १५ गते
ट्राफिक नियम उल्लंघन गरेर काठमाडौं उपत्यकामा होली मनाउँने सवारी चलकलाई ट्राफिक प्रहरीले कारवाही गरिरहेको छ । महाशाखाले ८५ देखी ९० ठाउँमा चेक प्वाइन्ट राखेर सवारी–साधन चेकजाँच गरिरहेको जनाएको छ । समाचार तयार गर्दासम्म ३ सय १२ वटा मोटरसाईकल र स्कुटर होल्ड गरिएको ट्राफिक महाशाखाले जनाएको छ ।

विहान ७ बजेबाट ट्राफिकले चेक प्वाइन्ट राखेको हो । १७ वटा चारपाङ्ग्रे सवारी होल्ड गरिएको छ । कागजपत्र नबोक्ने, दुईपाङ्ग्रे साधनमा ३ जना चढ्ने र लापरवाही गरेर चलाएका सवारीलाई होल्डमा राखिएको छ । मापसे गरेर सवारी चलाउने ५ जना चालकलाई ट्राफिकले कारवाही गरेको छ ।ट्राफिक नियम उल्लंघन गर्ने अन्य १ सय ५२ वटा सवारीमाथि सामान्य कारवाही गरिएको महाशाखाले जनाएको छ । महाशाखाले किशोर–किशोरीलाई टार्गेट गरेर चेकजाँचमा कडाई गरेको छ । होल्ड गरिएका सवारी–


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला