×

TUNGOON

धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको भनाई


काठमाडौं । चैत १५ गते
धार्मिक एवं सांस्कृतिक विविधता नै नेपालीहरुको पहिचान भएको वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले बताउनु भएको छ । मुख्यमन्त्री पौडेलले फागु पूर्णिमाको अवसरमा आज एक शुभकामना सन्देश जारी गर्दै प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको उल्लेख गर्नु भएको छ ।

उहाँले रङहरुको पर्व फागु पूर्णिमा अर्थात् होलीको अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका सम्पुर्ण दिदीबहिनी तथा दाजुभाइमा सुख, शान्ति एवं समृद्धिको शुभकामना व्यक्त गर्नु भएको छ । मुख्यमन्त्री पौडेलले प्रेम, सद्भाव र भाइचाराको भावनासहित आपसमा रङहरु लगाएर मनाइने यस पर्वले पहाड र तराईलाई जोडेको बताउनु भएको छ ।

मुख्यमन्त्री पौडेलले कोरोना महामारीको सम्भावित दोस्रो लहरका कारण यस वर्षको होली विगतको जस्तो गरी मनाउन सकिने अवस्था नरहेको उल्लेख गर्नु भएको । उहाँले आवश्यक सावधानीसहित आफ्नो घर परिवारमा सीमित भई होलीपर्व मनाउन अनुरोध गर्दै समृद्ध नेपाल निर्माणको अभियानमा यस पर्वले थप उत्साह एवं उत्प्रेरणा प्रदान गर्ने विश्वास व्यक्त गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला