×

TUNGOON

लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालाको भनाई


काठमाडौं चैत १५ गते
लोकतन्त्र र संविधानको रक्षाका लागि नेपाली कांग्रेसको नेतृत्वमा चुनावी सरकार बनाउनु आवश्यक रहेको नेपाली कांग्रेसका नेता डा. शेखर कोइरालालेबताउनु भएको छ । आज कांग्रेस नेता अशोक कोइरालाको श्रद्धाञ्जलीसभालाई विराटनगरमा सम्बोधन गर्दै नेता कोइरालाले देशको राजनैतिक निकासका लागि नयाँ सरकार आवश्यक रहेको प्रस्ट पार्नु भएको छ ।

उहाँले प्राप्त उपलब्धिको रक्षाका लागि कांग्रेसको नेतृत्वमा नयाँ सरकार बनाउनुपर्छ र जतिसक्दो चाँडो निर्वाचन गरेर देशलाई निकास दिनुपर्ने बताउनु भएको छ । उहाँले लोकतन्त्र र प्रजातन्त्रलाई निर्वाचनले मात्रै बलियो बनाउने कोइरालाको भनाइ छ । उनले देशलाई अप्ठ्यारो पर्दा जहिले पनि कांग्रेसले नेतृत्व गर्दै आएकोले बताए । कोइरालाले नेपाली कांग्रेसमा अनुशासनहीनता बढ्दै गएको दुखेसो गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला