×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत १६ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आज शुभ समाचार सुन्न पाईनुका साथै गफैको भरमा काम बन्न सक्ने तथा कला र गलाको प्रभाव बढ्नुका साथै ब्यापार ब्यबसायबाट आम्दानी हुनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
आज आफन्त र साथीभाइबाट सहयोग तथा हौसला प्राप्त हुने योग रहेको छ भने आम्दानी बढाउने काम सुरु गर्न सकिने तथा चिताएको कामले तीव्रता लिनेछ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज प्रेमीको सहयोग पाइने योग रहेको छ भने आँटेको र ताकेको कार्य पुरा हुनुका साथै राजनीतिक कार्यमा सफलता मिल्ने तथा जोश जाँगर र हिम्मत पनि बढ्नेछ ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज अतिथिको रूपमा सत्कार पाइनुका साथै भौतिक साधन जुटाउने योग रहेको छ भने व्यवसायको सन्दर्भमा रमाइलो र रोमाञ्चक यात्रा पनि होला ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज नजिकको मित्रसँग भेटघाट हुने योग रहेको छ भने चिन्ता छाडेर चिन्तन गर्ने तथा ्अनुहारमा कान्ति र मनमा शान्ति छाउनुका साथै शत्रु पनि क्षय होलान् ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज रोकिएको काम दोहोर्याएर प्रयत्न गर्दा फाइदा हुने तथा पारिवार संग रमाइलो भेटघाट रहनुका साथै लाभदायक यात्रा हुनेछ र नयाँ कार्यको योजना बन्नेछ ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आज सानातिना समस्यामा अल्झिनुपर्ने योग रहेको छ भने वैदेशिक कार्यमा बाधा आउने तथा प्रेममा मनमुटाव पनि आउन सक्छ, तर धन हात पर्न सक्छ ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज शुभारम्भको चर्चा चल्ने योग रहेको छ भने धर्म,कर्म तथा समाजसेवामा मन लाग्ने तथा धनार्जनका नयाँ स्रोतहरू पत्ता लाग्नुका साथै खानपिनमा ध्यानदिनुहोला ।

धनु
ये, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज आफन्त एवं इष्टमित्रसँग भेटघाट हुनुका साथै कामविशेषले टाढिएका परिवारका सदस्यहरूसँग भेटघाट हुने तथा एक्लैले विभिन्न जिम्मेवारी निर्वाह गर्नुपर्नेछ ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज एकपछि अर्को अवसर आउनाले मन प्रसन्न रहने र सफल यात्रा गर्नुपर्ने योग रहेको छ भने सामाजिक काममा सफलता प्राप्त हुनेछ भने चोटपटकको भय छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज मनमा निरासा र शरीरमा आलस्य आउनुक ासाथै अधिकार प्राप्तिका लागि संघर्श गर्नु पर्ने तथा आँटेको कार्यमा बाधा आउनसक्छ, तर साँझमा मन प्रसन्न रहनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज आफन्तसङ्ग भेटघाट हुने र सहयोग पाईने योग रहेको छ भने कूटनीतिक नियोगको सहयोग मिल्नुका साथै साहित्यिक क्षेत्रमा रुची पनि बढ्नेछ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला