×

TUNGOON

वातावरण प्रदूषणले हवाई उडान प्रभावित


काठमाडौं । चैत १६ गते
केही दिन देखि बढेको प्रदूषणले आन्तरिक तथा बाह्य हवाई उडान तथा अवतरण प्रभावित भएको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल कार्यालयले जनाएको छ ।प्रदूषण तथा काठमाण्डौसहित देशका धेरैजसो ठाउँमा लागेको तुवाँलोले आन्तरिक उडान बढी प्रभावित भएको हो ।

गएको तीन दिनदेखि केही आन्तरिक उडानहरु रोकिएका छन् भने अन्तर्राष्ट्रिय उडान पनि समय तालिका अनुसार हुन सकेको छैन । आजका लागि ९७ वटा आन्तरिक हवाई उडान रहेकोमा अहिलेसम्म एउटा पनि हुन सकेको छैन ।हिजो एक सय ९ वटा उडान रहेकोमा ४२ वटा रद्द भएको थियो । त्यस्तै, अस्ति एक सय १४ वटामा ५७ वटा रद्द भएको थियो । अन्तर्राष्ट्रिय उडान भने रद्ध नभए पनि समय तालिका अनुसार हुन नसकेको विमानस्थलले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला