×

TUNGOON

आज रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँदै


काठमाडौं । चैत १६ गते
आज रंगहरूको पर्व फागु (होली) तराई तथा मधेसका जिल्लाहरूमा हर्षोलासपूर्वक मनाइँदै छ ।पहाडी जिल्लामा आइतबार नै फागु पूणिर्मा अर्थात् होली मनाइए पनि तराई मधेसका जिल्लाहरूमा भने आज होली मनाउन लागिएको हो ।होलीका अवसरमा केन्द्र सरकारले सोमबार एक दिन तराई मधेसका जिल्लाहरुमा सार्वजनिक बिदा दिएको छ ।भौगोलिक संरचना र मान्यताअनुरूप फागु पूणिर्मा मनाउने चलन छ ।

स्थानअनुसार मनाइने फागु पुणिर्माको नाम पनि फरक फरक छ । हिमाली र पहाडी भेकमा ‘फागु’ र मधेशमा ‘होली’ भनिन्छ भने मैथिली भाषामा भने होलीलाई ‘फगुआ’ र ‘होरी’ भन्ने गरिन्छ । होलीमा हुन सक्ने उच्छृङ्खल गतिविधि रोक्न प्रहरीले सुरक्षा सतर्कता बढाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला