×

TUNGOON

होली खेल्ने क्रममा बाग्लुङमा दुई युवाको हत्या भएकोमा आपत्ति जनाउँदै दोषीहरुलाई कारबाही गर्न नेपाली कांग्रेसको माग


काठमाडौं । चैत १६ गते
होली खेल्ने क्रममा बाग्लुङमा दुई युवाको हत्या भएकोमा आपत्ति जनाउँदै दोषीहरुलाई कारबाही गर्न नेपाली कांग्रेसले माग गरेको छ । आज कांग्रेसले एक विज्ञप्ति जारी गर्दै हत्या गरिएका दुवै नेपाली कांग्रेससँग आवद्ध रहेको र उक्त घटना नियोजित भएको जानकारी दिएको छ । होलि खेल्ने क्रममा नै भएको असमझदारी र आवेगमा प्रकाश कुंवर र दिपक नेपालीको हत्या भएको हो । कुंवर नेपाली कांग्रेस बाग्लुङका जिल्ला सदस्य समेत हुन् ।

भने नेपाली कांग्रेसको सय कार्यकर्ता हुन् ।आइतवार बागलुङ जिल्लाको गुल्मी र प्यूठानसँगको सिमाना बल्देधुरीमा दुई पक्षबीच असमझदारी भइ झडप भएको थियो ।घटनामा दुवै युवाको मृत शरीर भिरबाट करिब चार सय मिटर तल भेटिनुले हत्यापछि फालिएको या भिरबाट धकेलेर हत्या गरिएको कांग्रेसको ठहर छ।

त्यसैगरी प्रहरी अनुसन्धानलाई तीव्र बनाएर दोषी उम्कन नदिन तदारुकताका लागि कांग्रेसले सरकारको ध्यानाकर्षण गराएको छ ।त्यस्तै घटनाको वास्तविकता सार्वजनिक गर्दै दोषीलाई पक्राउ गरेर कडा कानूनी कारबाही अघि बढाउन नेपाली कांग्रेस सरकार समक्ष माग गरेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला