×

TUNGOON

आज देशभर थप १४१ जनामा कोरोना संक्रमणको पुष्टि



काठमाडौं । चैत १६ गते
आज देशभर थप १४१ जनामा कोरोना संक्रमणको पुष्टि भएको छ । आज तीन हजार ११२ जनाको पीसीआर परीक्षण गरिएकोमा १४१ जनाको नतिजा पोजिटिभ आएको हो । योसँगै नेपालमा कुल संक्रमितको संख्या दुई लाख ७६ हजार ९८० पुगेको छ । त्यस्तै, पछिल्लो चौबीस घण्टामा ८२ जना संक्रमणमुक्त भएका छन् ।

योसँगै देशमा कोरोनामुक्त हुनेको संख्या दुई लाख ७२ हजार ६१२ पुगेको छ ।नेपालमा पछिल्लो चौबीस घण्टामा कोरोनाका कारण कसैको पनि मृत्यु पुष्टि भएको छैन । हालसम्म देशमा कोभिड–१९ का कारण तीन हजार २७ जनाले ज्यान गुमाइसकेका छन् ।हाल देशभर क्वारेन्टिनमा ५६ जना छन् भने आइसोलेसनमा एक ३४१ जना रहेका स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला