काठमाडौं । चैत १७ गते
आज माओवादी केन्द्रका नेताहरुले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिने लागेका छन् । सर्वोच्च अदालतले नेकपा एमाले र नेकपा माओवादी केन्द्र मिलेर बनेको नेपाल कम्युनिष्ट पार्टी (ने क पा) को एकीकरण बदर गरेको निर्णयविरुद्ध पुनरवलोकन निवेदन दिन लागेको हो ।

आज माओवादी केन्द्रका नेताहरुले सर्वोच्च अदालतमा पुनरवलोकन निवेदन दिने लागेका हुन्। त्यसका लागि माओवादी केन्द्रका नेताहरु ११ बजे सर्वोच्च अदालत पुग्ने तयारीमा छन्।सर्वोच्चले नेकपा नाम विवादमा दुई पार्टीबिचको एकता नै अमान्य घोषित गरेको थियो। नेकपा एमाले ब्युँतिएपछि प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीले नेता माधवकुमार नेपाल र भीम रावललाई पार्टीको सदस्यबाट नै निलम्बन गरेका छन्। भने केही घनश्याम भुसाल र सुरेन्द्र पाण्डेलाई फेरि स्पष्टीकरण सोधेका छन्।