×

TUNGOON

देहभर वायु प्रदूषण तिव्र रुपमा बढ्दै, आजबाट चार दिनसम्म बन्द रहने


काठमाडौं । चैत १७ गते
वायु प्रदूषणका कारण देशभरका विद्यालयहरु आजबाट चार दिनसम्म बन्द रहने भएका छन् । वायु प्रदूषणका कारण चार दिनसम्म विद्यालय बन्द गर्ने सरकारले निर्णय गरेको हो । शिक्षा मन्त्रालयले सोमबार विज्ञप्ति निकाल्दै मन्त्रीस्तरीय निर्णयबाट विद्यालय चार दिन बन्द गर्ने निर्णयबारे जानकारी गराएको हो । बलबालिकामा रुघाखोकीको समस्या बढी देखिएको छ ।

अस्पतालहरुमा बालबालिकाको चाप बढेको छ । यसैगरी, विद्यालय बन्द भएपछि कतिपयले चार दिनसम्म अनलाइन क्लास संचालन गर्ने भएका छन् ।शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठले प्रधानमन्त्री केपी शर्मा ओलीको निर्देशनमा विद्यालय बन्दको निर्णय गर्नु भएको हो । विद्यालयमा अध्ययनरत विद्यार्थीहरु वायु प्रदूषणका कारण विरामी परेपछि बन्द गर्ने दबाब परेको थियो । विशेषगरी बालबालिकाहरु प्रदूषणका कारण विरामी पर्न थालेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला