×

TUNGOON

आज नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै



काठमाडौं । चैत १७ गते
आज नेकपा एमाले माधव नेपाल समूहको स्थायी कमिटी बैठक आज बस्दै छ । नेता योगेश भट्टराईले नेकपा एमालेका अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओलीले माधवकुमार नेपाल र भीम रावललाई निलम्बन गर्ने निर्णय गरेपछि उत्पन्न परिस्थितिबारे छलफल गर्न बैठक बोलाइएको जानकारी दिनु भएको छ ।

उहाँले ओलीको कदमबारे थप रणनीति बनाउन नेपाल र झलनाथ खनाल पक्षका स्थायी कमिटी सदस्यको बैठक बस्न लागेको बताउनु भयो । बैठकमा कारबाहीपछिको रणनीतिबारे छलफल हुने बताइएको छ। नेपाल र रावललाई देश, जनता र पार्टीविरुद्ध आपराधिक गतिविधि गरेको आरोपसहित सोमबार ओलीले ६ महिनाका लागि निलम्बनको पत्र काटेका थिए।ओलीको पछिल्लो कदम पार्टी नीति र मापदण्डविपरित भएको भन्दै नेपाल र रावले कारवाही अस्वीकार गरिसकेका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला