×

TUNGOON

प्रदर्शनकारीद्वारा म्यानमारमा सेनाको ज्यादतीविरुद्ध सडकमा फोहोर फालेर विरोध प्रदर्शन, हालसम्म ५ सय जनाको मृत्यु


काठमाडौं । चैत १७ गते
प्रदर्शनकारीले म्यानमारमा सेनाको ज्यादतीविरुद्ध सडकमा फोहोर फालेर विरोध प्रदर्शन गरेका छन् ।सडकमा फोहोर फालेर भइरहेको प्रदर्शनका फोटोको सामाजिक सञ्जालमा चर्चा भइरहेको छ ।अवज्ञा आन्दोलनअन्तर्गत प्रदर्शनकारीले आजदेखि सडकमा फोहोर फालेर विरोध जनाउन थालेका बीबीसीले जनाएको छ ।

म्यानमारमा गएको फेब्रुअरी १ तारिखमा नेतृ आङ सान सुकीलगायतका नेतालाई हिरासतमा लिँदै सेनाले सत्ता हातमा लिएपछि विरोध प्रदर्शन भइरहेको छ ।विरोध प्रदर्शन रोक्न त्यहाँका सुरक्षाकर्मीले बल प्रयोग गर्ने गरेका छन् । अहिलेसम्म प्रदर्शनका क्रममा ५ सय जनाको ज्यान गइसकेको खबरमा उल्लेख छ ।सोमबार मात्रै १४ जनाको ज्यान गएको थियो । म्यानमार सेनाले नागरिकमाथि गरिरहेको दमनविरुद्ध अन्तर्राष्ट्रिय समुदायले आवाज उठाउँदै आएका छन् ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला