×

TUNGOON

११ पेज लामो पत्र लेख्दै अध्यक्ष ओलीका कारण एमाले पार्टी नै विसर्जनको बाटोमा पुगेको नेता भूषालको आरोप


काठमाडौं । चैत १७ गते
पार्टी अध्यक्ष केपी ओलीले सोधेको स्पष्टीकरणको एमाले उपमहासचिव घनश्याम भुसालले जवाफ पठाउनु भएको छ । जवाफमा भुसालले ओलीमाथि प्रश्नै प्रश्न उठाउनु भएको छ । अध्यक्ष केपी ओलीले नेता माधव नेपाल र भीम रावललाई पार्टीबाट ६ महिना निलम्बन गरेको भोलिपल्ट नेता घनश्याम भूषालले एक न एक दिन ओली दण्डित हुने दिन आउने भन्दै स्पष्टीकरण पेश गर्नुभएको छ ।

पार्टी अध्यक्ष एवं प्रधानमन्त्री ओलीले आफूलाई सोधेको स्पष्टीकरणको जवाफ दिँदै नेता भूषालले ओली व्यक्तिवादको घोर नशामा फसेको भन्दै त्यसबाट ब्यूझँन पनि भन्नुभएको छ ।ओलीलाई व्यक्तिवादको घोर नशाबाट ब्यूँझन आग्रह गर्दै नेता भूषालले बुझाएको स्पष्टीकरणमा सत्ता र शक्तिको भोगको हिसाबले तपाईँले पाउन अझै के बाँकी छ भनि प्रश्न गर्नुभएको छ ।११ पेज लामो पत्र लेख्दै नेता भूषालले अध्यक्ष ओलीका कारण एमाले पार्टी नै विसर्जनको बाटोमा पुगेको आरोप पनि लगाउनुभएको छ ।ओलीले पार्टी अनुशासन तोडेको भन्दै नेता माधव नेपाल, भीम रावल, सुरेन्द्र पाण्डे र घनश्याम भूषालसँग स्ष्पष्टीकरण माग्नुभएको थियो ।पूर्व पार्टी नेकपामा रहँदा भएको मनोमालिन्यलाई आधार बनाई स्पष्टीकरण सोधिएको तर्क नेता नेपाल पक्षले लगाएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला