×

TUNGOON

विद्रोहबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवको भनाई


काठमाडौं । चैत १७ गते
विद्रोहबाट प्राप्त उपलब्धी गुम्ने खतरा देखिएको जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवले बताउनु भएको छ । माओवादी सशस्त्र विद्रोह र २०६२र६३ को आन्दोलनपछि प्राप्त भएको संघीयता, गणतन्त्र, समावेशी लोकतन्त्र धरापमा परेको औँल्याउनु भएको छ ।

उहाँले २००७ सालदेखि नै आन्दोलन र त्यसपछिको उपलब्धी आफूहरुले प्राप्त गर्दैआए पनि ती उपलब्धीलाई जोगाउन नसकिरहेको उल्लेख गर्नु भएको छ । उहाँले पछिल्लो पटक प्राप्त उपलब्धीमा पनि खतरा देखिएको र संघीय लोकतान्त्रिक गणतन्त्र र समावेशिता जस्ता उपलब्धीमा ग्रहण लाग्न थालेको प्रतिक्रिया दिनु भएको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला