×

TUNGOON

कस्तो रहला तपाईको दिन ? हेर्नुहोस् आजको राशिफल


काठमाडौं । चैत १८ गते
मेष
चु, चे, चो, ला, लि, लु, ले, लो, अ
आफन्तसङ्ग रमाइलो भेटघाट हुने योग रहेको छ भने अनुहारमा कान्ति र मनमा शान्ति छाउने तथा मनोरन्जनमा सहभागिता भईनुका साथै प्रेममा मधुरता छाउनेछ ।

बृष
इ, उ, ए, ओ, वा, वि, वु, वे, वो
श्रमको उचित मुल्याङन हुने योग रहेको छ भने व्यापार व्यवसायमा सफलता मिल्ने तथा धर्म तथा समाजसेवामा मन लाग्नुका साथै नयाँ कामको थालनी पनि हुनसक्छ ।

मिथुन
का, कि, कु, घ, ङ, छ, के, को, हा
आज आफन्तको प्रगतिमा मन रमाउने यो रहेको छ भने विशिष्ट व्यक्तिबाट पुरस्कार तथा हौसला प्राप्त हुने तथा आर्थिक क्षेत्रमा सोचेजस्तै लाभ लिन सकिएला ।

कर्कट
हि, हु, हे, हो, डा, डि, डु, डे, डो
आज काममा सफलता मिल्नेछ भने मनमा भएको बोझ हट्ने तथा अरूले सापटी लगेको रकम फिर्ता पाइने योग रहेको छ भने मान–सम्मानसमेत प्राप्त हुनेछ ।

सिंह
मा, मि, मु, मे, मो, टा, टि, टु, टे
आज लाभदायक यात्रा रहने योग रहेको छ भने लाभ,हानी,आय,व्यय,सुख,दुख वरावरी मध्यम खालको समय रहेको छ भने मेहनतीहरूका लागि दिन फलदायी नै रहनेछ ।

कन्या
टो, पा, पि, पु, ष, ण, ठ, पे, पो
आज महिला वर्गबाट विशेष सहयमेग मिल्ने तथा सद्विचारले अभिप्रेरित हुनेहरूलाई बिस्तारै लाभ मिल्दै जानेछ व्यापार व्यवसायमा प्रगति होला ।

तुला
रा, रि, रु, रे, रो, ता, ति, तु, ते
आफ्नै दक्षतामा विभिन्न कार्यहरू सम्पन्न हुनेछन् । आत्मिक सन्तुष्टि मिल्नेछ । दान–पुण्यजस्ता कार्यमा सहभागी भइनेछ । शुभकार्यको चर्चा रहला ।

बृश्चिक
तो, ना, नि, नु, ने, नो, या, यि, यु
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने तथा झुटा आरोप आईपर्दा समस्या खेप्नुपर्ने र साँझमा भने सहयोग मिल्ने र मन प्रसन्न रहनेछ ।

धनु
ध, यो, भा, भि, भु, धा, फा, ढा, भे
आज बन्धु बान्धवबाट सहयोग मिल्ने योग रहेको छ भने राजनीतिक कार्यमा सफलता मिल्ने तथा वैदेशिक कार्य अघी बढ्नेछ र स्वास्थ्यमा सुधार पनि आउला ।

मकर
भो,जा,जि,जु,जे,जो,ख,खि,खु,खे,खो,गा,गि
आज जोश जाँगर र हिम्मत बढ्ने योग रहेको छ भने तुर्याईँले बेलिको प्रभावले आँटेको काम हुनुका साथै कला र गलाको प्रभाव बढ्ने तथा वाहान लाभ पनि हुने समय छ ।

कुम्भ
गु, गे, गो, सा, सि, सु, से, सो, दा
आज नयाँ कार्य वा रोजगारको अवसर मिल्नुका साथै धार्मिक कार्यमा रुची बढ्ने तथा रचनात्मक कार्यबाट अरूको मन जित्न सकिने योग रहेको छ भने प्रेममा सफलता पाईनेछ ।

मीन
दि, दु, थ, झ, ञ, दे, दो, चा, चि
आज सोचेजस्तो लाभ हासिल गर्न केही समय कुर्नुपर्ने तथा घरायसी व्यवहारबाट टाढै बस्नुका साथै सवारी चलाउँदा विपत्ति आइलाग्न सक्छ, सचेत रहनुहोला ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला