×

TUNGOON

एमाले नेता घनश्याम भुषाल पार्टी फुटमा लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाको आरोप


काठमाडौं । चैत १८ गते
एमाले नेता घनश्याम भुषाल पार्टी फुटमा लागेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सुर्य थापाले आरोप लगाउनु भएको छ । आज सामाजिक सञ्जाल मार्फत आफ्नो धारणा राख्दै प्रेस सल्लाहकार थापाले भुषालले निर्वाचन जितेसँगैं पार्टी फुटमा लाग्ने गरेको आरोप लगाउनु भएको हो । थापाले २०५१ को उपनिर्वाचन जितेपछि ०५५ फागुनमा पार्टी विभाजनमा लागेकाले मनमोहन अधिकारीले निश्कासन गर्नुपरेको स्मरण गर्नु भएको छ ।

त्यस्तै उहाँले ०७४ मा चुनाव जितेपछि ०७७ पुस ५ पछि फेरि विभाजनमै जुट्नुभएको आरोप लगाउँनु भएको छ । चुनाव जित्यो कि फुटमा सक्रिय हुने संयोग कि नियति हो भन्दै थापाले प्रश्न गर्नुभएको छ ।एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीले पार्टीको नीति विपरित काम गरेको भन्दै भुषाललगायत ४ नेतालाई स्पष्टीकरण सोध्नुभएको थियो । भुषालले एमाले फुटाउन सक्रिय भूमिका खेलेको अध्यक्ष ओली पक्षका नेताको आरोप छ । यता भुषलले भने ओली नै पार्टी फुटाउन लागि पारेको स्पष्ट पार्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला