×

TUNGOON

पार्टी फुटाउने र जुटाउने काम सर्वोच्च अदालतको नरहेको नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माको भनाई



काठमाडौं । चैत १८ गते
पार्टी फुटाउने र जुटाउने काम सर्वोच्च अदालतको नरहेको नेकपा माओवादी केन्द्रका नेता दिनानाथ शर्माले बताउनु भएको छ । उहाँले माग दाबी गरेकोभन्दा बाहिर गएर फैसला भएकाले त्यसको पुनरावलोकनका लागि आफूहरुले सर्वोच्च अदालतमा निदेवन दिएको बताउनुभयो ।

फैसलाको ६० दिनभित्र पुनरावलोकनका लागि निवेदन दिन पाइने कानुनी व्यवस्था अनुसार आफूहरुले सर्वोच्चमा निवेदन दिएको भन्दै उहाँले अदालत पनि संविधानभन्दा बाहिर गएर काम गर्न नसक्ने बताउनुभयो । पार्टी बनाउने र नबनाउने एवं एकता गर्ने र नगर्ने भन्ने कुरा दुई राजनीतिक दलमा भर पर्ने भन्दै उहाँले आफूहरुको विषयलाई हस्तक्षप गर्ने काम अदालतले गरेको आरोप लगाउनुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला