×

TUNGOON

सहरी विकास मन्त्री प्रभु साहलाई भ्रष्टाचारी, हत्यारा रहेको सांसद दिलकुमारी साहको आरोप


काठमाडौ । चैत १८ गते
आज प्रतिनिधि सभाको आजको बैठकको शून्य समयमा बोल्दै सहरी विकास मन्त्री प्रभु साहलाई भ्रष्टाचारी, हत्यारा र डन नम्बर वान रहेको सांसद दिलकुमारी साहले आरोप लगाउनु भएको छ । उहाँले मन्त्री शाह प्रति यस्ता धेरै चर्चित नाम कमाएको भन्दै संगीन आरोप लगाउनुभएको हो ।

सांसद साहले यो आफूले आरोप लगाएको नभई सञ्चार माध्यमबाट सुनेको बताउनुभयो ।मन्त्री शाहकै संलग्‍नतामा काशी तिवारी हत्यापछि उहाँकी श्रीमतीलाई आठ लाख रुपैयाँ दिएर मुख बन्द गर्न खोजिएको आरोप लगाउदै उहाँले कसैको श्रीमान मूल्य तोक्ने पीडितलाई न्यायको साट्टो पैसा दिएर चुप गराउने मन्त्री नम्बर वान डन भएको आरोप लगाउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला