×

TUNGOON

संसद् बैठक चलिरहँदा प्रधानमन्त्री बैठकमा नआउनुको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुद्वारा जवाफ माग


काठमाडौ । चैत १८ गते
संसद् बैठक चलिरहँदा प्रधानमन्त्री केपी शर्मा ओली बैठकमा नआउनुको नेपाली कांग्रेसका सांसद दिलेन्द्रप्रसाद बडुले जवाफ माग गर्नु भएको छ । उहाँले प्रधानमन्त्री सुरक्षा खतराको कारण कि नैतिक खतराको महसुस भएकोले बैठकमा नआउनुभएको हो भन्दै प्रश्न समेत गर्नु भएको छ ।

आज प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद बडुले प्रधानमन्त्रीजस्तो व्यक्तिले देशको सुरक्षामाथि प्रश्न उठ्नेगरी गैह्रजिम्मेवार र असत्य अभिव्यक्ति दिएकोप्रति आपत्ती पनि जनाउनु भएको छ । त्यस्तै फागुन ११ गते सर्वोच्च अदालतले प्रतिनिधि सभा विघटन बदर गरिदिएपछि प्रधानमन्त्री ओली प्रतिनिधि सभाको कुनै पनि बैठकमा सहभागि भएका छैनन् । उहाँले प्रधानमन्त्रीमाथिको सुरक्षा खतराबारे गृहमन्त्रीले सदनलाई जानकारी दिनुपर्ने पनि माग गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला