×

TUNGOON

मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारलाई मात्र दिन नमिल्ने नेपाली कांग्रेसका नेता राजेन्द्रकुमार केसीको भनाई


काठमाडौ । चैत १८ गते
मेलम्चीको पानी काठमाडौं ल्याएको जस अहिलेको सरकारलाई मात्र दिन नमिल्ने नेपाली कांग्रेसका नेता तथा प्रतिनिधि सभाका सांसद राजेन्द्रकुमार केसीको भनाई रहेको छ । आज प्रतिनिधिसभाको बैठकमा बोल्दै नेता केसीले मेलम्चीको पानी काठमाडौं ल्याउने सपना ३० वर्षअघि नै कांग्रेसका तत्कालिन नेता कृष्णप्रसाद भट्टराईले देखेको बताउनुभयो ।

३० वर्षयता भएको कामका कारणले नै अहिले मेलम्चीको पानी काठमाडौं आइपुगेको उहाँले बताउनुभयो ।जस कसले लिने भन्ने ठूलो कुरा नभई काठमाडौंमा पानी आउनु ठूलो कुरा भएको भन्दै ३० वर्षदेखि गरेको काम अहिले मैले गरेँ भनेर हुंकार गर्नु कत्तिको न्यायोचित हुन्छ भन्दै प्रश्नसमेत गर्नुभयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला