×

TUNGOON

शिक्षण पेशाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको शिक्षामन्त्री श्रेष्ठको भनाई


काठमाडौ । चैत १८ गते
शिक्षण पेशाप्रति मानिसहरूको अरुचिका कारण नेपालको शिक्षामा सुधार हुन नसकेको शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री कृष्णगोपाल श्रेष्ठले बताउनु भएको छ । आज काठमाडौंमा आयोजित सिकाइ आदान(प्रदान तथा आगामी कार्यदिशा सम्बन्धी राष्ट्रिय परामर्शशालालाई सम्बोधन गर्दै मन्त्री श्रेष्ठले कतै रोजगारी नपाए मात्रै शिक्षक पेशा रोज्ने प्रवृत्तिका कारण गुणस्तरीय शिक्षा प्रदान गर्न नसकिएको बताउनु भएको छ ।

उहाँले शिक्षक पेशामा आउनेहरू पनि अन्यत्र जागिर पाउने वित्तिकै जाने प्रवृत्तिले बालबालिकाको भविष्यमाथि चिन्ता लिने शिक्षक पाउनै नसकिएको बताउनु भयो । उहाँले विकसित मुलुकका नागरिकको आकर्षण सरकारी विद्यालयमा हुने तर नेपालमा सरकारी विद्यालयमा आर्थिक रुपमा विपन्न, निम्न आयस्रोत भएका, असहाय, अनाथ, आर्थिक रुपमा विपन्न, दलित वर्गले मात्रै पढ्न आउने गरेको बताउनु भयो । उहाँले सरकार बेरोजगार उत्पादन गर्ने शिक्षा नहोस भन्ने तर्फ पनि सचेत रहेको बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला