×

TUNGOON

काठमाडौं उपत्यकामा हल्का पानी परेपछि केही दिनदेखि आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान


काठमाडौं । चैत १९ गते
आज देशको पहाडी भू–भागहरुमा आंशिक देखि सामान्य बदलिको अवस्था रहेको छ भने बाकी भू–भागमा बदली नरहेता पनि तुवाँलो रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । काठमाडौं उपत्यकामा हल्का पानी परेपछि केही दिनदेखि आकाशमा जम्मा भएको वायु प्रदूषण कम हुने अनुमान गरिएको ।

बुधबार नै प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भूभागमा पनि पानी परेको थियो । अहिले देशमा स्थानीय वायुसँगै पश्चिमी वायुको समेत आंशिक प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले देखिएको ।

आज दिउँसो देशका पहाडी भूभागमा आंशिक देखि सामान्य बदलीको सम्भावना रहेको छ। बाकी भू(भागमा मौसम सामान्यतया सफा रहने छ। देशको प्रदेश १, बागमती र गण्डकी प्रदेशका पहाडी भू(भागका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।त्यस्तै आज राति देशका पहाडी भू–भागमा आंशिक देखि सामान्य बदली र बाकी भू–भागमा मौसम सामान्यतया सफा रहने छ। देशको प्रदेश १, बागमती, र गण्डकी प्रदेशका एक दुई स्थानमा मेघगर्जन र चट्टयाङसहित पानी पर्ने सम्भावना रहेको छ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला