×

TUNGOON

सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले अझै प्रभावकारी बन्न नसकेको दुरसञ्चारको गुणस्तरलाई प्रभावकारी बनाउने –सञ्चारमन्त्री गुरुङ


काठमाडौं । चैत १९ गते
सञ्चार तथा सूचनाप्रविधि मन्त्री पार्वत गुरुङले अझै प्रभावकारी बन्न नसकेको दुरसञ्चारको गुणस्तरलाई प्रभावकारी बनाउने बताउनु भएको छ । सञ्चारमन्त्री गुरुङले दूरसञ्चार सेवा सम्बन्धि गुनासो बढेको बताउदै यसलाई तत्काल सम्बोधन गर्ने प्रतिवद्धता व्यक्त गर्नु भएको छ । दूरसञ्चार सेवामा सबैको पहुँच कायम राख्दै यसको सेवालाई गुुणस्तरीय र सर्वसुलभ बनाउन सुझाव दिन संघीय संसदका सांसदहरुदेखि स्थानीय तहका जनप्रतिनिधिहरु तथा विज्ञहरु लाई सञ्चारमन्त्री गुरुङले आग्रह समेत गर्नु भएको छ ।

सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले बिहीबारबाट काठमाडौंमा सुरु गरेको ‘दूरसञ्चार सेवाको पहुँच, प्रवाह र गुणस्तर सम्बन्धि अन्तरक्रिया’ कार्यक्रमको उद्घाटन गर्दै उहाँले टेलिफोन, इन्टरनेट लगायतका दूर सञ्चार सेवामा देखिएका समस्याबारे जानकारी लिने र ती समस्या समाधानमा लागि पर्ने बताउनु भयो । कार्यक्रममा प्रदेश १ का संघीय संसदका सांसदहरु, यस क्षेत्रका विज्ञहरुको उपस्थिति रहेको थियो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला