×

TUNGOON

नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको नारायणकाजी श्रेष्ठको भनाई



काठमाडौं । चैत १९ गते
यो सरकारलाई राख्ने कि अविश्वास प्रस्ताव ल्याउने भन्नेबारे कांग्रेस र जसपा प्रष्ट भएर आउनुपर्ने पार्टीको स्थायी समिति बैठकपछि बोल्दै नेता नारायणकाजी श्रेष्ठले बताउनु भएको छ । नेकपा माओवादी केन्द्रले वर्तमान सरकारलाई आफ्नो समर्थन नरहेको तर चिठी लेख्न मात्रै बाँकी रहेको जनाएको छ ।

उहाँले सर्वोच्चको २३ फागुनको फैसलापछि सरकार संविधानको धारा ७६ ९२० को अनुसार भएको भन्दै सरकारले आफूहरुको सर्मथन नमागेको पनि बताउनु भएको छ । उहाँले केपी ओलीको सरकार विस्थापन गर्ने कुरामा आफूहरु प्रष्ट रहेको भन्दै श्रेष्ठले कांग्रेस र जसपालाई पनि प्रष्ट हुने आग्रह समेत गर्नु भएकोे छ । उहाँले यही संसदलाई क्रियाशिल बनाउने चाहाना माओवादीको भएको भन्दै सर्मथन फिर्ताअघि सबै राजनीतिक पार्टीसँग छलफल गरिने जानकारी गराउँनु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला