×

TUNGOON

एमालेका ८ लाख सदस्यमध्ये आफ्नो पक्षमा ६ लाख र ओली पक्षमा २ लाखमात्रै भएको वरिष्ठ नेता नेपालको दाबी


काठमाडौं । चैत १९ गते
आफूहरु केपी शर्मा ओलीसँग नजाने नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले बताउनु भएको छ । आज पोखरामा आयोजित कार्यकर्ता भेलालाई सम्बोधन गर्दै वरिष्ठ नेता नेपालले आफूहरु नयाँ कमिटीको तयारीमा रहेको र छिट्टै घोषणा गने बताउनु भएको छ । वरिष्ठ नेता नेपालले नयाँ कमिटीसँगै देशव्यापी संगठन बनाउने र अन्य दलसँग सहकार्य गरेर ओलीलाई एक्ल्याउने बताउनु भएको छ ।

सहकार्यका लागि मोहन वैद्यदेखि मोहनविक्रम सिंहसम्म सबैसँग कुराकानी भएको उहाँले जानकारी दिनु भएको छ । वरिष्ठ नेता नेपालले ओलीले चुवाव घोषणा गरे आफूहरुले पनि उम्मेदवारी दिने र अन्य दलसँग मिलेर चुनाव लड्ने बताउनु भएको छ । वरिष्ठ नेता नेपालले ओलीले सुघ्रन चाहे पार्टी एक हुनसक्ने र त्यसका लागि फागुन २८ पछिका सबै निर्णय खारेज हुनुपर्ने बताउनु भएको छ । एमालेका ८ लाख सदस्यमध्ये आफ्नो पक्षमा ६ लाख र ओली पक्षमा २ लाखमात्रै भएको वरिष्ठ नेता नेपालले दाबी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला