×

TUNGOON

आज बिहान इवानको पूर्वी भागमा यात्रुवाहक ट्रेन दुर्घटना हुँदा ३६ जनाको मृत्यु ,दर्जनौं घाइते


काठमाडौ। चैत २० गते
आज बिहान इवानको पूर्वी भागमा यात्रुवाहक एक ट्रेन दुर्घटना हुँदा कम्तीमा ३६ जनाको मृत्यु भएको छ भने दर्जनौं घाइते भएको अधिकारीहरूले बताएका छन् । घाइतेलाई अस्पताल लगिएको छ भने कैयौं अझै पनि ट्रेनमै च्यापिएका छन् । ट्रेन लीकबाट झरेको थियो ।

सुरुङभित्र फसेका चारवटा डब्बाहरूमा उद्धारकर्ताहरू पुग्ने कोशिश गरिरहेका र ती डब्बाहरू नराम्ररी कुच्चिएकाले त्यहाँ पुग्न गाह्रो परिरहेको छ ।आठवटा डब्बा भएको ट्रेन ताइतुङतिर जाँदै थियो र त्यसमा ३५० जना यात्रु थिए । स्थानीय समयअनुसार बिहान ९ः२८ मा ट्रेन हुआलिएनभन्दा उत्तरतर्फ सुरुङभित्र ट्य्राकबाट झरेको थियो । आरम्भिक अनुसन्धानमा डब्बा दुई र तीन ट्य्राकबाट उफ्रिएर सुरुङको भित्तोमा ठोकिएको ताइवानको सेन्ट्रल न्युज एजेन्सीले खबर दिएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला