×

TUNGOON

आगामी वर्षको बजेटमा कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न मन्त्रालयहरूलाई अर्थमन्त्री पौडेलको आग्रह


काठमाडौ। चैत २० गते
आगामी वर्षको बजेटमा कार्यान्वयन गर्न सक्ने कार्यक्रम मात्रै प्रस्ताव गर्न मन्त्रालयहरूलाई अर्थमन्त्री विष्णुप्रसाद पौडेलले आग्रह गर्नु भएको छ । अर्थमन्त्री पौडेलले खर्च गर्न नसकेर बजेट सरेन्डर गर्ने प्रवृत्ति रहेको उल्लेख गर्दै कार्यान्वयन गर्न सकिने कार्यक्रम मात्रै प्रस्ताव गर्न आग्रह गर्नु भएको छ । उहाँले संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयसँगको छलफलमा यस्तो आग्रह गर्नु भएको हो ।

उहाँले सिलिङभित्र रहेर बजेट निर्माण गर्नुपर्ने बताउँदै अर्थमन्त्रीले बजेट कार्यान्वयन गर्न सक्ने संयन्त्रलाई पनि ध्यान दिन जरुरी रहेको बताउनु भयो । उहाँले प्राथमिकताका आधारमा कार्यक्रमहरू प्रस्ताव गर्नसमेत अपिल गर्नु भएको छ । अर्थमन्त्री पौडेलले संस्कृति पर्यटन तथा नागरिक उड्डयनमन्त्री भानुभक्त ढकालले कोभिड–१९ बाट पर्यटन क्षेत्र नराम्रोसँग प्रभावित भएकाले त्यसलाई विशेष ध्यान दिन आग्रह गर्नु भएको छ । उहाँले यस क्षेत्रको पुनरुत्थान हुने गरी बजेटले सम्बोधन गर्नुपर्नेमा जोड दिनु भएको छ । अर्थ मन्त्रालयले आगामी आर्थिक वर्ष ०७८÷७९ को बजेटमा समावेश गर्नुपर्ने कार्यक्रम तथा बजेटबारे मन्त्रालयहरू र सरोकारवालासँग छलफल गरिरहेको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला