×

TUNGOON

काखी गन्हाउने समस्याबाट यसरी छुटकारा पाउनुहोस्


काठमाडौं चैत २० गते
हाल हल्का गर्मी सुरु भैसकेको । अब बसन्त क्रृतुको आगमन सँगै जाडो मौसमलाई बिदाई गरेर गर्मी मौसमलाई स्वागत गरि सकेका छौ । गर्मी मौसमको सुरुवात सँगै आमिले आफ्नो शरीरको बिशेष ख्याल गर्नु पर्ने हुन्छ । गर्मी मौसममा बिभिन्न रोग हरु पनि निम्तिने गर्छन त्यस मध्यको एक रोग हो काखी गन्हाउने । गर्मी मौसम सुरु भएसँगै शरीरबाट पसिना आउने गर्दछ । जसले कारणले शरीरबाट दुर्गन्ध आउँछ ।

यो यस्तो समस्या हो जसबाट ठुलो संख्यामा मानिसहरु पीडित छन् । काखीबाट दुर्गन्ध आउनु खासै ठुलो कुरा भने होइन । तर यदि शरीरबाट वरपर बसेका मानिसलाई सकस पार्ने, बेहोस होला जसरी गन्हाउने गन्ध आउँछ भने यसले आत्माबल पनि कमजोर बनाउँछ। शरीरबाट दुर्गन्ध नओस भनेर मानिसहरु शरीरमा परफ्युम । डेओडोरेन्टको प्रयोग गर्ने गर्दछन् । तर, परफ्युम र डेओडोरेन्टको सुगन्ध निश्चित समयपछि शरीरबाट उड्छ साथै तिनका अधिक प्रयोगले शरीरमा एलर्जी र अन्य थुप्रै त्वचा सम्बन्धी रोगहरु पनि हुन् सक्छ । तसर्थ शरीरबाट निस्कने दुर्गन्ध हटाउनको लागि यस्ता कुराको प्रयोग गर्नुपर्छ ।

१.एप्पल साइडर भिनेगरको सेवनले पनि शरीरको दुर्गन्ध हटाउन सकिन्छ। जसको शरीरबाट धेरै पसिना आउँछ, तिनले एप्पल साइडर भिनेगर सेवन गर्न आवश्यक छ । यसको सेवनले शरीरको ब्याक्टेरिया नष्ट हुनुको साथै कम पसिना आउँदछ ।

२.चिल्लो र धेरै मसालेदार खाना खादाँ पनि शरीरबाट दुर्गन्ध आउने गर्दछ । त्यसकारण सागपात र ताजा फलफुल सेवन गर्ने । यसले तपाईको पाचन प्रणालीलाई दुरुस्त राख्नुको साथै शरीरबाट दुर्गन्ध आउने समस्या पनि हटाउँछ।

३.नुहाउने समयमा काखीमा कागतीको टुक्राले हल्का(हल्का करिब १० मिनेटसम्म रगड्ने । त्यसपछि सफा पानीले पखालेर जिउ सफा गर्ने।

४.जुनारको सेवन गर्नाले शरीरबाट दुर्गन्ध गायब हुनुको साथै त्वचा सम्बन्धी सबै विकार हटाउँछ।

५.हरेक बिहान कागती पानी या चियामा कागती हालेर सेवन गर्दा पनि शरीरबाट दुर्गन्ध हट्छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला