×

TUNGOON

सरकारले नेपाललाई प्रतिगमनतिर लिन षडयन्त्र गरिरहेको पुष्पकमल दाहाल प्रचण्डको आरोप


काठमाडौं । चैत २० गते
सरकारले नेपाललाई प्रतिगमनतिर लिन षडयन्त्र गरिरहेको नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आरोप लगाउनु भएको छ । आज काठमाडौंमा आयोजित प्राध्यापक माणिकलाल श्रेष्ठको श्रद्धाञ्जली सभामा प्रचण्डले राज्यले नै समाजलाई प्रतिगमनतर्फ लिन षडयन्त्र गरिरहेको आरोप लगाउनु भएको हो ।

प्रचण्डले नेवार समुदायमाथि सरकारले विकास निर्माणका नाममा थिचोमिचो गरेको आरोप समेत लगाउन भएको छ । उहाँले विकासलाई वैभवका रुपमा मात्र बुझ्दा विकृति देखापरेको टिप्पणी गर्नु भयो । सरकारले गुठी विधेयक ल्याएर नेवार संस्कृतिलाई भत्काउने प्रयास गरेपनि जनताको आक्रोशका कारण रोकिएको प्रचण्डले बताउनु भयो ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला