×

TUNGOON

मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने –राष्ट्रपति विद्यादेवी भण्डारी


काठमाडौं । चैत २०
आज काठमाडौंको भृकुटीमण्डपमा मेलम्ची आयोजनाको पानी वितरण उद्घाटन गर्दै मेलम्ची आयोजनाबाट काठमाडौंमा पानी आएपछि जनतामा खुशी बढेको राष्ट्रपति विद्यादेवी भण्डारीको भनाई छ । उहाँले वर्षौंअघि सुरु भएको आयोजना पूरा भई पानी उपलब्ध हुन थालेपछि खुशी बढेको बताउनु भएको छ । मेलम्चीको पानी आएपछि काठमाडौं उपत्यकामा खानेपानीको आपूर्ति व्यवस्थापन धेरै हदसम्म सहज हुने भन्दै राष्ट्रपति भण्डारीले यो आयोजना विस्तार र सदृढिकरण गर्न सरकारको ध्यानाकर्षण गराउँनु भएको छ ।

उहाँल्े जलवायु परिवर्तन, जनसंख्या वृद्धिलगायतका कारणले पानी वितरण तथा व्यवस्थापनमा समस्या र जमिनमुनिको पानीको दोहन बढेको बताउनु भएको छ । राष्ट्रपति भण्डारीले यस्तो बेलामा मेलम्चीको पानी काठमाडौं ल्याएपछि यहाँको जलाधार क्षेत्रको प्रदूषण न्युनीकरण र जमिनमुनिको पानीको दोहन कमगर्न मद्दत पुग्ने अपेक्षा लिएको उल्लेख गर्नु भएको छ । मेलम्ची आयोजनाको सुरुवातदेखि हालसम्म काम गर्ने राजनीतिज्ञ, प्राविधिक, दातृ निकाय र राष्ट्रसेवकको राष्ट्रपति भण्डारीले स्मरण गर्नु भएको छ । राष्ट्रपति भण्डारीले मेलम्ची आयोजना सम्पन्न गर्न सहयोग गर्ने सिन्धुपाल्चोकका वासिन्दालाई पनि धन्यवाद ज्ञापन गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला