×

TUNGOON

एमाले नेता माधवकुमार नेपाल अध्याँरो सुरुङमा पसेको प्रधानमन्त्रीका प्रेस सल्लाहकार थापाको भनाई


काठमाडौं । चैत २१ गते
एमाले नेता माधवकुमार नेपाल अध्याँरो सुरुङमा पसेको प्रधानमन्त्री अ‍ोलीका प्रेस सल्लाहकार सूर्य थापाले बताउनु भएको छ । आज सामाजिक सञ्जाल ट्वीटर मार्फत आफ्नो धारणा राख्दै प्रेस सल्लाहकार थापाले माधव नेपाल नेतृत्वको बागी समूह अँध्यारो सुरुङमा पसेको बताउनु भएको हो ।

उहाँले माधवकुमार नेपाल नेतृत्वको वागी समूह अँध्यारो सुरूङमा पसेको र जसको बाहिर निस्कने अगाडि ठाउँ नभएको उल्लेख गर्नु भएको छ । नेता नेपालसँग न पार्टी न चुनाव चिन्ह नत राजनीति नै नभएकाले संयमित हुन थापाले सुझाव दिनु भएको छ । प्रेस सल्लाहकार थापाले साथमा न पार्टी, न चुनाव चिन्ह, न त राजनीति नै छ, गुट, समानान्तर रवैया र आत्मनिन्दाको सर्वनाशको बाटो त्यागी संयमित हुन जरूरी रहेको टिप्पणी गर्नु भएको छ ।


सम्बन्धित खवर

सबै

विचार

खेलकुद

कला